२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन भइरहेका बेला अवरोध जारी रहेपछि स्थगनको घोषणा गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि बढ्न नसक्ने अडान दोहोर्‍याएका छन्। उनीहरूको निरन्तर विरोधका कारण बैठक सुचारु हुन नसकेको हो।