• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु

सनराइज बैंक सहकारीमा डेविट कार्डमार्फत भुक्तानी सुरु कार्यक्रम



काठमाडौँ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत् भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । 

उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ । कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताउनुभयो । सिइओ शर्माले नेपाल  सरकार तथा केन्द्रिय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताउनुभयो । 

उहाँले सहकारी र बैंक बीचमा भिसा तथा डेविट कार्ड मार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताउनु भयो । सिइओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताउनुभयो । शर्माले भन्नुभयो,‘ सनराइज बैंकको भिसा डेविट काड सहकारीले पनि आफ्ना ग्राहकहरुलाई दिन्छ । अब बैंकसँग सम्झौता गरेका सहकारीहरुले सनराइज बैंकको जुसुकै एटिमबाट पैसा झिक्न सक्छन्। यो अभ्यास दक्षिण एसियामा नै पहिलो हो । हामीले ४ वर्षको अथक प्रयासपछि आजबाट सुरु गर्न सफल भएका छौं । म भन्दा पहिला रहनुभएको सिइओले सुरु गर्नुभयो । मेरो कार्यकालमा सफल भयो । नेपाल राष्ट्र बैंकको पनि सहकारीलाई डिजिटल बैंकिङ सेवा पु¥याउने योजना अनुसार भएको छ । यो सेवाले सहकारीको क्षेत्रमा पनि राम्रो सुधार हुने देखिन्छ । सनराइज बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा विस्तारलाई तिव्रता दिएको छ । अहिले सनराइज बैंक ग्राहक १० लाख पुगेका छन । भने ३ लाख भन्दा माथि डेविट कार्ड,१० हजार क्यूआर कार्ड १५८ एटिम मार्फत सेवा विस्तार गरिरहेको छ ।’

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ ।




भर्खरै