६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,



अ+ अ-

काठमाडौँ। फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा केन्द्रित भएर गएको हो।

भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प अध्ययन संस्थाले सुनामीको चेतावनी जारी गरेको छ । संस्थाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ तत्काल स्थानान्तरण हुन आग्रह गरेको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन । सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गरिरहेको बताएका छन् ।