१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

बीस विद्यालयलाई ल्यापटप वितरण

बीस विद्यालयलाई ल्यापटप वितरण
अ अ+ अ-

हुम्ला। जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ ।

शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब रु ४५ लाखबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताउनुभयो ।

गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्यापटप हस्तान्तरण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संशाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताउनुभयो । उहाँले विद्यालयमा ल्यापटप मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि आवश्यक तालिम तथा व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी, ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न भूमिका खेल्न ल्यापटप वितरण गरेको अधिकृत पङ्गालीले बताउनुभयो । रासस