९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फस्टाउँदै पुष्प व्यवसाय

फस्टाउँदै पुष्प व्यवसाय
अ अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ ।
व्यावसायिक रुपमा नै क्रियाशील व्यवसायीले उत्पादन गरी बिक्री गरेको बाहेक स्थानीय बासिन्दाले आफ्नै घर आँगनमा उत्पादन गरेको फूल प्रयोगमा ल्याएका कारण पनि बजारमा फूलको अभाव नभएको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायीको निरन्तर व्यावसायिक उत्पादन र घरायसी रुपमा पनि घर–आँगनमा गरिएको उत्पादनका कारण यसवर्ष विदेशबाट किनेर ल्याउन नपरेको उपाध्यक्ष दनुवारको भनाइ थियो । उहाँका अनुसार जिल्लामा गतवर्ष ४० हजार फूलको माला खरीद गरी ल्याएकोमा यसवर्ष त्यसरी ल्याउनु नपरेको हो ।

“यसो हुनु भनेको जिल्ला अब फूल उत्पादनमा आत्मनिर्भर हुनु हो”, उहाँले भन्नुभयो,“जिल्लामा नै भएको उत्पादनले माग धान्न सफल भएको छ ।” एशोसिएशनका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले जिल्लामा नै विभिन्न थरीका फूलखेती गर्दैै आएको भएपनि यसपाली गोदावरी फूल भने सोचेअनुसारले बिक्री नभएको बताउनुभयो ।

“भारतबाट फूलको थुङ्गा बढी आयात भएका कारण हामीले उत्पादन गरेको गोदावरी फूल बिक्रीमा समस्या भयो ।” श्रेष्ठले भन्नुभयो, “संस्थागत रुपमा सरकारलाई व्यवस्थित गर्न स्वदेशी उत्पादनलाई बढावा दिन फूल आयात भन्दा उत्पादन भएकालाई बजारीकरणमा सहज बातावरण बनाइ दिन गरेको आग्रहको सम्बोधन नहुँदा गोदाबरी फूलको बजारमा समस्या भयो ।” जिल्लामा ३० भन्दा बढीले पुष्प व्यवसाय गरिरहेको जनाइएको छ ।

जिल्लाको रोशी गाउँपालिका, धुलिखेलको रविओपी, बनेपा र पाँचखाल नगरपालिकामा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले फूलखेती गर्दै आएका छन् । जिल्लामा १० हेक्टर भन्दा बढी क्षेत्रफलमा फूलको व्यावसायिक रुपमा खेती हुँदैआएको छ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै जिल्लाबाट रु चार करोड भन्दा बढीको कारोवार भएको व्यवसायीले बताएका छन् ।