१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

साहित्यिकार डौलियाका २० कृति विमोचन

साहित्यिकार डौलियाका २० कृति विमोचन
अ अ+ अ-

काठमाडौँ। लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आज एकैपटक विमोचन गरिएको छ ।

मर्स्याङ्दी वाङमय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्राध्यापनसँगै साहित्य क्षेत्रमा लाग्नुभएका लमजुङ सुन्दरबजार नगरपालिका–९ फेदीकुनाका डौलियाका विभिन्न विधाका २० कृति एकैपटक विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ र डौलिया प्रकाशक रहेको अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक–एक कृति गरी कुल २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो ।

विमोचन गरिएका कृतिमा कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा सङ्ग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (सङ्क्षिप्त जीवनी), पर्खालभित्र (कविता सङ्ग्रह), अन्तरमनका आवाज/धुन (कविता सङ्ग्रह), जीवनको परिभाषा (कविता सङ्ग्रह) छन् ।

यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता सङ्ग्रह) रहेका छन् । अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ (प्यासी)को कवितासङ्ग्रह वनपाखाका फूल रहेका छन् ।

उक्त कृतिको संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्रा डा जयराज आचार्य, प्रा डा विद्यानाथ कोइराला, प्रा डा भागवत ढकाल, प्रा डा भागेश्वरी पङ्गेनी र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलगायतले विमोचन गर्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्रा डा आचार्यले गण्डक क्षेत्र साहित्य र लोकसंस्कृतिको धनी भएको बताउनुभयो । उहाँले मस्र्याङ्दी नदी जस्तै साहित्यकार डौलियाका कृति बहेको भन्दै खुसी व्यक्त गर्नुभयो । नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु आफैँमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

साहित्यकार डौलियाको यसअघि प्रतिक्षा (लघुउपन्यास), समयका छाल (कविता सङ्ग्रह), मातृभूमि (कवितासङ्ग्रह), समयको बेग (कविता सङ्ग्रह), समयको आवाज (कविता सङ्ग्रह), समुन्द्रपारी (यात्रा संस्करण), सुखद मिलन (उपन्यास), डौलिया वंशावली र सीमित आकाश (कविता सङ्ग्रह) प्रकाशन भइसकेका छन् ।

डौलियाले विसं २०७१ मा तीन वटा र विसं २०८१ मा ६ वटा कृति प्रकाशनमा ल्याउनुभएको थियो । आज विमोचन भएका कृतिसहित साहित्यकार डौलियाको कृतिको सङ्ख्या २९ पुगेको छ । रासस