२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ



अ+ अ-

विश्व सम्पदा सूचीमा सूचीकृत तथा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा विगत १२–१३ वर्षदेखि जम्मा हुँदै आएको चुनाको तह हटाउने कार्य औपचारिक रूपमा आजदेखि प्रारम्भ गरिएको छ।

समयक्रमसँगै महाचैत्यको गुम्बजमा बारम्बार गरिने सेतो पोताइ (चुना लगाउने कार्य) का कारण चुनाको तह बाक्लिँदै जाने गर्दछ। हाल उक्त तहको मोटाइ करिब १३ इन्च पुगेको छ। यसअघि करिब १२–१३ वर्षअघि गरिएको सफाइका क्रममा उक्त तह २९–३० इन्च सम्म पुगेको थियो।

यस प्रकारले अत्यधिक रूपमा जम्मा भएको चुनाको तहले महाचैत्यको संरचनामा अनावश्यक भार थप्ने भएकाले समय–समयमा यसको व्यवस्थापन गर्नु आवश्यक हुन्छ। विशेषगरी भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा संरचनामा पर्ने दबाब कम गरी महाचैत्यको दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने उद्देश्यले यो कार्य सम्पन्न गरिँदै आएको हो।
स्वयम्भू महाचैत्यको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै यसको मौलिक स्वरूप र संरचनात्मक सुरक्षालाई कायम राख्ने उद्देश्यका साथ स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति को पहलमा यो महत्वपूर्ण संरक्षण कार्य सञ्चालन भइरहेको छ।

स्वयम्भू महाचैत्य केवल एक धार्मिक सम्पदा मात्र नभई सम्पूर्ण नेपालीहरूको गौरव, सभ्यता र सांस्कृतिक पहिचानको प्रतीक भएकाले यसको संरक्षणमा सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको छ।