४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी
अ+ अ-

नेपालगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आज आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो ।

रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याउनुभएको थिएन । रास्वपा नगरसपभाति नवीन खड्काले सहमतिमै नेतृत्व टुङ्गो लगाउन सफल भएको जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै सभापति खड्काले आफ्नो पार्टीले देखेको सुशासन र जवाफदेही शासन प्रणाली सपना पूरा गर्न बाँकेमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

सभापति खड्काले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जोड दिइने जानकारी दिँदै अधिवेशनमा पक्ष वा विपक्ष हुनु सामान्य विषय भएको बताउनुभयो ।

सो प्रथम जिल्ला अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेककुमार श्रेष्ठले ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी आन्नदबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गर्नुभएको थियो ।

उपसभापति पदमा विजयी ईश्वरी लामिछाने ११९ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गर्नुभयो । सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा फारुक गुज्जर निर्विचित हुनुभयो ।

जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गर्नुभएको छ । दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित हुनुहुन्छ भने मनोज नेपालीले ३७ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मल ल्याएर निर्वाचित हुनुभएको छ ।

सदस्य पदका उम्मेदवार सौरभ कर्मचार्यले ७३ मत प्राप्त गर्नुभयो । निर्वाचित पदाधिकारी तथा सदस्यको पदभार ग्रहण कार्यक्रम छ । रासस