१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल

सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनाल काठमाडौँ, २४ जेठ : तीन दिने भारत भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिनुहुँदै। तस्बिरः विमलबहादुर विष्ट/रासस
अ अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आईतवार स्वदेश फर्किनुभएको छ ।

परराष्ट्रमन्त्री खनालसहितको प्रतिनिधि मण्डल आईतवार साँझ स्वदेश फकिएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन शुरु गरिएको गर्ने आपसि समझदारी भएको बताउनु भयो ।

मन्त्री खनालले भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताउनुभयो ।

उहाँले प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन् २०२३ जुन महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारी पत्र बमोजिम व्यक्तिदेििखव्यक्ति सीमापार भुक्तानी कारोबारको पूर्ण रूपमा शुरुवात गरिएको छ ।  नेपालमा २०७२ सालको भूकम्पपछि  पुनर्निर्माणअन्तर्गत भारत सरकारको विकास सहायतामा निर्माण सम्पन्न भएका स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक सम्पदा क्षेत्रका १२ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । साथै काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भोइस फस्र्ट’ भाषा अनुवाद मञ्चका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधारको सहनिर्माण गर्ने सम्झौता पत्र आदानप्रदान भएको छ । यसले एआई प्रविधिको विकासमा सहयोग विश्वास लिएका छौँ ।’

मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर विभिन्न क्षेत्रमका आपसि सहकार्य, कुटनीति एवं सीमासम्बन्धी विषयमा छलफल भएको समेत उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरुले काम थालेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सीमासँग सम्बन्धित विषयलाई कुटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो । अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो ।’

मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्दै छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारी समेत दिनुभयो । मन्त्री खनाल भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । –न्युज एजेन्सी नेपाल