१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट भएपछि…



अ+ अ-

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा कुटाकुट भएको छ । 

समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको छ ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवादले उग्र रुप लिएको हो ।

कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते समेत भएको बताइएको छ ।