११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सुनसरी सभापतिमा दाहाल



अ+ अ-

सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित हुनुभएको छ ।

उहाँले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गनुभएको थियो ।

उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गर्नुभयो । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित हुनुभएको छ । रासस