२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना



अ+ अ-

काठमाडौँ। विश्व वातावरण दिवसको अवसर पारेर टर्किएले इस्तानबुलमा एक अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको शुभारम्भ गरेको छ ।

यस मञ्चमार्फत टर्किएले यसै वर्षको अन्त्यमा आफूले आयोजना गर्न लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) को कार्ययोजना र तयारीलाई प्राथमिकताका साथ प्रश्तुत गरेको छ ।

जिरो वेस्ट फाउन्डेसन नामक टर्किएली गैरसरकारी संस्थाद्वारा आयोजित ग्लोवल जिरो वेस्ट फोरममा १८० भन्दा बढी देशका सरकारी अधिकारी तथा मेयरहरूसहित ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

एन्टाल्याको यात्राः जलवायु कार्यका रूपमा शून्य फोहोर भन्ने मूल नाराका साथ सञ्चालित यस तीन दिने मञ्चको मुख्य उद्देश्य कोप-३१ शिखर सम्मेलनअघि अन्तर्राष्ट्रिय सहयोगलाई थप सुदृढ बनाउनु रहेको छ ।

आयोजककाअनुसार यस कार्यक्रमले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकासलाई तिब्रता दिन शुन्य फोहोर पद्धतिको अवलम्बनमा विशेष जोड दिएको छ ।

जिरो वेस्ट फाउन्डेसनका अध्यक्ष एवं कोप–३१ का उच्चस्तरीय जलवायु च्याम्पियन सामद अगिर्बासले यस कार्यक्रमले कोप–३१ को प्रक्रियामा ठोस योगदान पु¥याउने र भविष्यका लागि प्रभावकारी कार्यान्वयन मोडेलहरू विकास गर्न मद्दत पुग्ने बताउनु भयो ।

टर्किएले आगामी नोभेम्बर ९ देखि २० सम्म आफ्नो पर्यटकीय सहर एन्टाल्यामा कोप-३१ शिखर सम्मेलनको आयोजना र अध्यक्षता गर्दैछ । उक्त उच्चस्तरीय सम्मेलनमा विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल