७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रान्डीमा ‘ह्विप’ जारी गरी प्रधानमन्त्री ओलीको उपचार



अ+ अ-

अस्पतालमा प्रधानमन्त्री ओलीका दुई दिन:प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो । रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको खकार, पिसाबलगायत आवश्यक स्वास्थ्य जाँच गरियो । चिकित्सकका अनुसार क्रेटानिनको मात्रा बढी देखिएको थियो । तत्कालै उपचार गर्नुपरेपछि चिकित्सकले अल्ट्रा फिल्ट्रेसनमार्फत शरीरको पानी सफा गरेका थिए ।

अस्पतालको नवौँ तला सिल: प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा. दिव्या सिंहको नेतृत्वमा उपचार गरिएको थियो । अस्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चिकित्सकहरूले बताए । त्यहाँ सीमित सुरक्षाकर्मी र उपचारमा आवश्यक पर्ने चिकित्सकलाई मात्रै जान दिइएको थियो । डा. दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा. सुवास आचार्यलगायत केही मेडिकल अफिसर उपचारमा खटिएको अस्पताल स्रोतले जनायो ।

ह्विप जारी:स्रोतका अनुसार स्वास्थ्यबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनीनिकटले ह्विप नै जारी गरेका थिए । उपचारमा संलग्न एक चिकित्सकले बिहीबार दिउँसो पत्रकारसँगको भेटमा भनेका थिए, ‘हामीलाई केही थाहा छैन मात्रै भन्नु भन्ने आदेश छ । त्यसैले उहाँबारे हामीलाई केही थाहा छैन ।’ बिहीबार अस्पताल पुगेका नेकपा नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

दिउँसो ३ बजे नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए । उनले झन्डै एक घन्टा अस्पतालमा बिताए । प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको भन्दै उनी बाहिरिएका थिए । मिडियाको दबाबका बीच अस्पतालले साँझ ५ बजे पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो । औपचारिक जानकारी दिए पनि अस्पतालले नियमित डायलाइसिस गर्ने या नगर्नेबारे निर्णय दिन सकेन । नयाँ पत्रिका दैनिकबाट