१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे अध्ययन गर्न गठित खनाल संयोजक रहेको कार्यदलको बैठक जारी



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न बनाएको तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । 

यो पनि पढ्नुहोस्- एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन

कार्यदलका संयोजक एवं  नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको निबास डल्लुमा जारी बैठकमा  कार्यदलका सदस्यहरु  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।  

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको छ ।