५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लहरो तान्दा पहरो आउने स्थिति, कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापी

लहरो तान्दा पहरो आउने स्थिति, कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापी
अ+ अ-

काठमाडौं। जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो । न्यून मात्रामा परेका उजुरीको छानबिनमा समेत प्रमाण जुटाउन समस्या परेको आयोगले जनाएको छ । ‘हालसम्म करिब २५ वटा उजुरीको मात्र निर्णय गर्न मिल्ने प्रमाण भेटिएका छन्,’ आयोग स्रोतले भन्यो ।

आयोग स्रोतका अनुसार आयोगमा झन्डै १८० को संख्यामा मात्र उजुरी परेका छन् । आयोगमा अपेक्षाकृत रूपमा उजुरी पर्न नसकेको आयोगले बताउँदै आएको छ । आयोगले प्रमाण जुटाउन समस्या पर्नुमा मालपोत, नापीलगायतका जग्गासँग सम्बन्धित कार्यालयले कागजात संरक्षण नगरेको, माफिया र कर्मचारीको मिलेमतोमा प्रमाण गायब भएको पाइएको जनाएको छ । पछिल्लो समयमा जग्गा हिनामिनाका बारेमा थालिएको अनुसन्धानका क्रममा यी कार्यालयहरूसँग माग गरिएका कतिपय कागजात पाउनसमेत समस्या रहेको आयोगका सदस्यहरू बताउँछन् ।

‘हामीले यी कार्यालयहरूबाट उचित सहयोग पाउन सकेका छैनौं । लामो समयसम्म झुलाउने र कागजात नै उपलब्ध नगराउने गर्दा समयावधिभित्रै जिम्मेवारी पुरा गर्न समस्या छ,’ एक सदस्यले भने । छिटफुट मात्रामा उजुरी आउने गरेको भए तापनि पछिल्लो समय उजुरी आउने क्रम ठप्प बनेको आयोगले जानकारी दिएको छ । कम उजुरी पर्नुमा यसअघि विगतका आयोगहरूले औंल्याएको विषय कार्यान्वयन गरेर परिणाममुखी बनाउन नसक्दा पछिल्लो समय बनेका आयोगहरूप्रति समेत विश्वास गुम्दै गएको आयोगका सदस्यहरूको दाबी छ ।

आयोगलाई ६ महिनाको समयावधि रहेकोमा पाँच महिना सकिएको छ । आयोगले पाएका कार्य जिम्मेवारी बाँकी रहेको एक महिनाको समयावधिभित्र पूरा हुने अवस्थासमेत नरहेको सदस्य बताउँछन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराई अनुसन्धानको क्रम जारी रहेको र प्रमाण संकलनको काम भइरहेको बताउँछन् । ‘हामीले परेका उजुरीका सम्बन्धमा मालपोत, नापीलगायतका कार्यालयमा पत्राचार गरेर प्रमाण जुटाइरहेका छौं,’ अध्यक्ष भट्टराईले भने ।

हिनामिनामा उच्च तहको संलग्नता: सरकारी जग्गा हिनामिना गरी व्यक्तिगत गराउनेमा संलग्न माफिया तथा कर्मचारीको संलग्नताबारे सूचना संकलन भइरहेको आयोग स्रोतले जानकारी दिएको छ । यसक्रममा हिनामिनामा उच्च तहका व्यक्तिसमेत संलग्न रहेकोबारे छानबिन भइरहेको छ । आयोग स्रोतका अनुसार सरकारी सार्वजनिक र गुठी जग्गाको हिनामिनामा उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको पाइएको छ ।

‘लहरो तान्दा पहरो आउने स्थिति छ । उच्च तहकाहरूले अप्रत्यक्ष संलग्नता रहेको पाइएको छ,’ एक सदस्यले भने । यससँगै धेरै उच्च सामाजिक, राजनीतिक तथा आर्थिक हैसियत बनाएका व्यक्तिहरू समेत कारबाहीमा तानिनसक्ने देखिएको छ । आयोगलाई जग्गा हिनामिनामा संलग्नबारे छानबिन गरी कारबाहीको सिफारिस गर्ने जिम्मेवारीसमेत दिइएको छ । राजधानी दैनिकबाट