१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना

सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना
अ अ+ अ-

नुवाकोट।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश विकास र सुशासनसहितको नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको बट्टारमा आयोजित प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले विगतमा राजनीति पहुँचका आधारमा हुने बदमासीको अन्त्य गर्दै सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै आएको बताउनुभयो ।

उहाँले नागरिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने दिशामा सरकार अघि बढिरहेको मन्त्री तिमिल्सिनाले स्पष्ट पार्नुभयो । “सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियाको भूमिका देशभर समाप्त हुँदै गएको छ”,  मन्त्री तिमिल्सिनाले भन्नुभयो, “वडा तहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ”, “राजनीति स्वार्थको साधन होइन, देश निर्माणको माध्यम हुनुपर्छ ।” उहाँको अनुसार अब निर्णय प्रक्रियामा कुनै व्यक्ति वा बिचौलियाको प्रभावमा नभई प्रणालीगत रूपमा अघि बढ्ने अवस्थामा पुगेको छ ।

उहाँले विकासका काममा कुनै पनि क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै सबै नागरिकलाई समान पहुँच दिलाउने प्रणाली विकासमा सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो । तीनै तहका सरकारका निर्णय र कार्यदिशा दीर्घकालीन दृष्टिले मूल्याङ्कन गर्नुपर्ने बताउँदै छोटो समयमा सबै परिणाम नदेखिए पनि जनताले विकास र सुशासनको महसुस पाउनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रम नुवाकोट–२ बाट निर्वाचित सांसद् डा अचुतम लामिछानेले संसद् र सरकारले जनताको सेवाको लागी अहोरात्र काम गरिरहेको बताउनुभयो । दिन र अवधिको गणना गरेर नतिजा निकाल्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन भएकाले आफूरूप सोहीअनुसार खटिएको उहाँको भनाइ छ ।

धादिङबाट निर्वाचित सांसद् बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङका साझा विकासका एजेण्डा मिलेर समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सक्षम नेतृत्वले मात्र समस्या समाधान गर्न सक्ने धारणा राख्र्दै त्यसको लागी रास्वपा नै एक मात्र राजनीतिक शक्तिको रुपमा रहेको दाबी गर्नुभयो ।

रास्वपा नुवाकोटको जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनको लागि सर्वसम्मतको प्रयासमा लाग्न प्रतिनिधिरूपले सुझाव दिएका छन् ।

आकांक्षीरूप धेरै भएकाले सर्वसम्मत नभएसगैँ नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत अघि बढाइएको निर्वाचन संयोजक वसन्तराज फुयाँलले जानकारी दिनुभयो । रासस