१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
अ अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको हो ।

नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्काे देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशङ्करसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उहाँले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो ।

उहाँले बङ्गलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथ रहने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“हामीले विगतका कुरा लिएर आएका छैनौँ । विगतमा हामीले दुई ठुला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो, त्यति सकेनौँ । अब पारस्परिक लाभ, सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौं”, मन्त्री खनालले भन्नुभयो, “हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ ।”

रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको विश्वास थियो । रासस