१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देन र अमेरिकी दूतावासका उच्च अधिकारीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्दने र काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजनीतिक उप काउन्सिलर मार्क टेम्लरबीच भेटवार्ता भएको छ । 

भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । 

भेटका क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरेको श्रेष्ठले जानकारी दिए । 

भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।