५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाका पदाधिकारी र सदस्यका लागि प्रकाशित गरिएको आवेदनसम्बन्धी सूचना स्थगित गरेको छ।

मन्त्रालयले जेठ २० गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न परिषद्हरू, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका पदाधिकारी तथा सदस्य पदका लागि माग गरिएको आवेदनसम्बन्धी सूचना विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार सो सम्बन्धी अर्को सूचना केही दिनमै प्रकाशित गरिनेछ। उक्त जानकारी सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको हो।