३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न



पाटे बाघ
अ+ अ-

काठमाडाैँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ ।

जेठ १ गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो । यसका लागि नौ वटा समूह गठन गरी २० दिनसम्म दुई वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा तीन जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना गरिएका क्षेत्रमा करिब ४०० वटा ट्रान्जेक्ट (मार्ग) बनाएर आहार प्रजातिको सर्वेक्षण गरिएको थियो । निकुञ्जको चुरे क्षेत्र तथा घाँसे मैदानमा तीनदेखि पाँच किलोमिटर दूरीलाई एक ट्रान्जेक्ट मानी सर्वेक्षण गरिएको थियो । हात्तीमा चढेर प्रत्यक्ष अवलोकनका क्रममा देखिएका जनावरको अभिलेखीकरण गरी सर्वेक्षण गरिएको थापामगरले बताउनुभयो ।

बाघका प्रमुख आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा गरी चार प्रकारका मृग पर्छन् । यसका अतिरिक्त गौरीगाई, बँदेल, नीलगाई तथा बाँदर पनि बाघका आहार प्रजातिका रूपमा रहेका छन् । सर्वेक्षण सम्पन्न भएसँगै प्राप्त तथ्याङ्कको विश्लेषण तथा अध्ययनको काम सुरु गरिएको निकुञ्जले जनाएको छ ।