नेपालमा निकै महत्वकाे छठका अवसरमा देशभर पूजापाठ र व्रत बसी मनाइँदैछ । जनकपुरकाे धनुषाधाम विशेष रूपमा सिंगारिएकाे छ । देशका विभिन्न भागमा देखिएका तस्वीरहरू । राष्ट्रपति विद्या भण्डारी पनि राजधानीकाे कमलपाेखरी पुगेर शनिबार साँझ पूजा गर्नुभयाे ।

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री । तस्बिरः अजयकुमार साह 
छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा गरिएको तयारी । तस्वीरः सिद्धराज भट्ट 
छठ पर्वको दिन शनिबार विहान वीरगञ्जबाट देखिएको सूर्योदय को दृश्य । तस्वीर रत्न श्रेष्ठ 
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली शनिबार छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अर्घ दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै । तस्वीरः मनोज दाहाल 
छठी माताको प्रतिमा तयार पार्दै भक्तजन छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा शनिबार बिहान श्री स्वत्ता’ अर्थात छठी माताको प्रतिमा तयार पार्दै भक्तजन । तस्वीरः सिद्धराज भट्ट










