५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ: नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण

स्वास्थ्यबारे प्रधानमन्त्रीको ब्रिफिङ: नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले थप स्वास्थोपचारका लागि हेमोडायलाइसिसपछिको रिपोर्ट कुरिरहेको बताएका छन् । शनिबार बालुवाटारमा पार्टीको सचिवालय बैठकलाई ‘ब्रिफिङ’ गर्दै उनले नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपणमध्ये एक विकल्पमा जानुपर्ने र त्यसका लागि पछिल्लो स्वास्थ्य जाँचको रिपोर्ट कुरिरहेको बताएका हुन् ।

‘उहाँ (प्रधानमन्त्री)ले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गर्नुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘गम्भीर सिकिस्त अवस्था होइन, तर समस्या देखापरेको छ । डाक्टरहरूले अन्तिम रिपोर्ट हेरेपछि के गर्ने भन्ने विषयमा निर्णय हुनेछ ।’ ग्रान्डी अस्पतालमा गरिएको डायलाइसिसको बाँकी अन्तिम रिपोर्टका आधारमा नियमित डायलाइसिस गर्नुपर्ने या अर्को मिर्गौला फेर्नुपर्ने एक विकल्प चिकित्सकले सुझाउन सक्ने ब्रिफिङ प्रधानमन्त्रीले गरेको सचिवालयका अर्का एक सदस्यले बताए ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले नियमित काम गर्न छाडेपछि बुधबार बिहान ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री एकचरण अल्ट्रा–फिल्ट्रेसन र एकचरण डायलाइसिस गरेर बिहीबार राति डिस्चार्ज भएका थिए । चिकित्सकको सुझाबअनुसार उनी शुक्रबार बालुवाटारमै आराममा थिए । प्रधानमन्त्री निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्माको नियमित निगरानीमै छन् ।

दोस्रो डायलाइसिस आइतबार या सोमबार:प्रधानमन्त्री ओलीको दोस्रो डायलाइसिस आइतबार (आज) या सोमबार हुने भएको छ । एकपटकको डायलाइसिसले दुईदेखि तीन दिनसम्म काम गर्छ । बिहीबार उनको डायलाइसिस भएको थियो । अब आइतबार या सोमबार पुनः ग्रान्डी जाने तयारीमा रहेको स्रोतले जनायो ।

अपेक्षाअनुसार घटेन क्रियाटिनिनको मात्रा: परीक्षणका रूपमा बिहीबार गरिएको डायलाइसिसपछि पनि प्रधानमन्त्री केपी ओलीको शरीरमा क्रियाटिनिनको मात्रा अपेक्षा गरेअनुसार नघटेको चिकित्सकले बताएका छन् । स्रोतका अनुसार उपचारका लागि ग्रान्डी पुग्दा प्रधानमन्त्रीको क्रियाटिनिन ५ एमजी/डिसिलिटर पुगेको थियो । क्रियाटिनिनको मात्रा ह्वात्तै बढेपछि तत्काल डायलाइसिस गरेर रगत शुद्धीकरण गरिएको थियो ।

तर, अहिले पनि ४ एमजी÷डिसिलिटर हाराहारीमा छ । चिकित्सकका अनुसार प्रधानमन्त्रीको उमेर र तौलका व्यक्तिको क्रियाटिनिन सामान्यतया ०.६ देखि १.३ एमजी/डिसिलिटरसम्म हुनुपर्छ । ‘डायलाइसिस गर्दाको तुलनामा क्रियाटिनिन केही घटेको छ, तर अपेक्षाअनुसार घटेन । अहिले पनि ४ एमजीरडिसिलिटरको हाराहारीमै छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यो उमेर र तौलका व्यक्तिको क्रियाटिनिन ४ बाट नघट्नु भनेको मिर्गौलाले पूर्ण रूपमा काम नगर्नुजस्तै हो ।’

डायलाइसिस गरेका कारण क्रियाटिनिनको मात्रा ४ एमजी डिसिलिटरबाट नबढ्न पनि सक्ने एक मिर्गौलारोग विशेषज्ञले बताए । तर, बढ्दै गए नियमित डायलाइसिस अनिवार्य हुने उनको भनाइ छ । प्रधानमन्त्रीको चिकित्सक टोली अहिले ७२ घन्टे रिपोर्टको प्रतीक्षामा छन् ।

आइतबार प्रधानमन्त्रीका दुई बैठक

मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण घोषणाको तयारी:शनिबार पार्टी सचिवालय बैठक डाकेका प्रधानमन्त्री आइतबार दुई बैठकमा सहभागी हुँदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार विकास निर्माणसम्बन्धी केही महत्वपूर्ण आयोजना सुरु गर्ने निर्णयका लागि बिहान ११ बजे बलुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठकलगत्तै बालुवाटारमै नेकपाको सचिवालय बैठक पनि डाकिएको छ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नाम तय गर्न बैठक डाकिए पनि समय भने तोकिएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर समय नतोकिएको सचिवालयका एक नेताले बताए । ‘डायलाइसिस गर्न जानुपर्ने अवस्था पनि आउन सक्ने भएकाले समय तोकिएको छैन, आइतबारै यसको निक्र्योल हुन्छ,’ ती नेताले भने, ‘डायलाइसिस गर्न कम्तीमा चार घन्टा लाग्ने र त्यसपछि आराम पनि गर्नुपर्ने भएकाले समय नतोकी बैठक डाकिएको छ ।’

नेकपाले आइतबार उम्मेदवारको निर्णय गर्ने: शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य ब्रिफिङपछि १४ मंसिरमा हुने उपनिर्वाचनको उम्मेदवारका सम्बन्धमा पनि छलफल भएको थियो । आइतबार बस्ने बैठकबाट उम्मेदवारबारे निर्णय गर्ने समझदारी भएको भएको प्रवक्ता श्रेष्ठले बताए ।

‘उम्मेदवारहरूको सिफारिस हेरियो, धरान उपमहानगरपालिकाको सिफारिस आइपुगेको थिएन, त्यसैले निर्णय केही भएन’, श्रेष्ठले भने, ‘आइतबारको बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र धरान उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुनेछ ।’ उपनिर्वाचनमा कास्की २ मा प्रतिनिधिसभा तथा दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभासहित ४ सिटमा चुनावी प्रतिस्पर्धा हुँदै छ ।

निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदै छ । यसैबीच, नेकपाको १ नम्बर प्रदेश कमिटीले धरान नगरपालिकाको मेयरको उम्मेदवारमा विजय राई, वेणु काफ्ले, फोक्वाहाङ सुब्बा, प्रकाश राईको नाम सिफारिस गरेको छ । नयाँ पत्रिका दैनिकबाट