५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सशस्त्र द्वन्द्वका दुई अयोग ९ महिनासम्म पनि पदाधिकारीविहीन, राज्यकोषको करोडौं स्वाहा

सशस्त्र द्वन्द्वका दुई अयोग ९ महिनासम्म पनि पदाधिकारीविहीन, राज्यकोषको करोडौं स्वाहा
अ+ अ-

काठमाडौं । सशस्त्र द्वन्द्वका मुद्दा टुंग्याउन बनाइएका दुई अयोग पदाधिकारीविहीन भएको ९ महिना बित्दा पनि सरकारले अझै टुंगो लगाउन सकेको छैन । १ फागुन २०५२ देखि ५ मंसिर २०६३ सम्म तत्कालीन माओवादी विद्रोहीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य अनुसन्धान गरी सरकारलाई सिफारिस गर्न बनाइएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्ष बिते पनि काम हुन सकेन ।

अहिले संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्न नसक्दा न्याय कोमामा पुगेको छ । तत्कालीन सरकार र तत्कालीन माओवादीबाट भएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीलाई कठघरामा उभ्याउन बनेको आयोग पदाधिकारीविहीन भएको लामो समयसम्म टुंगोमा पुग्न नसक्दा पीडित निराश छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी समिति गठन गरेर दलले राजनीतिक दलका कार्यकर्ता भर्ती गरेर न्याय पाउनेमा शंका उत्पन्न हुने बताउँछन् । राजनीतिक प्रभावका कारण पदाधिकारी छनोटसमेत हुन सकेको छैन ।

चार वर्षमा पनि दुई आयोगले काम पूरा गर्न नसकेपछि पुनः सरकारले आयोगको पदाधिकारी नयाँ छनोट गरेर द्वन्द्वकालीन मुद्दा टुंग्याउन पदाधिकारी छनोट समिति गठन गरेको थियो । ११ चैत २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । समिति गठनसँगै आयोगका १० जना पदाधिकारीका लागि ५७ जनाले आवेदन दिएका छन् । तर, राजनीतिक खिचातानीका कारण समितिले पदाधिकारी चयन गर्न सकेको छैन ।

तर, सो समिति नै अर्कमण्यतामा रुमलिएको छ । दलहरूबीच कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा कुरा मिल्न नसक्दा आयोगको पदाधिकारी चयन गर्न सकस भइरहेको छ । दुई आयोगको अध्यक्ष बनाउने विषयमा सत्तारूढ नेकपा र विपक्षी दल नेपाली कांग्रेसबीच रस्साकस्सी चलिरहेको छ । दलहरूको खिचातानीका कारण पीडितहरू १३ वर्षदेखि न्याय पाउनबाट वञ्चित छन् । बृहत् शान्ति सम्झौता भएको आठ वर्षपछि २०७१ सालमा यी दुई आयोग दुई वर्षभित्र काम सक्ने कार्यविधिसहित गठन भएका थिए ।

तर, पटकपटक म्याद थपेर चार वर्षको समय दिँदा पनि यी आयोगले परिणाम देखिने कुनै काम गर्न सकेनन् । आयोगले काम गर्न नसकेपछि पुन नयाँ संरचनाबाट काम गर्ने गरेर सरकारले प्रक्रिया अगाडि बढाएको भए पनि पीडित भने आश्वस्त हुन सकेका छैनन् । दुई आयोगको म्याद गत २६ माघबाट सकिएको हो। म्याद सकिएपछि दुई आयोग हाल भूमिकाविहीन छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६२ हजार ९ सय ५० वटा विभिन्न प्रकृतिका उजुरी परेका छन्।

जसमध्ये हत्या १० हजार ८ सय ८१, अपहरण तथा शरीर बन्धक ४ हजार १ सय ४०, अंगभंग वा अपांग बनाउने ४ हजार ९ सय १८, बलात्कार तथा यौनजन्य हिंसा ३ सय २२, सम्पत्तिसम्बन्धी १६ हजार १ सय ६६, विस्थापन ५ हजार ८ सय ८१ र अन्य ५ सय ९१ वटा उजुरी परेको आयोगले जनाएको छ । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगमा ३ हजार १ सय ५० उजुरी परेको छ । तीमध्ये अहिले आयोगले २ हजार ५ सय २३ वटा मात्रै उजुरी अनुसन्धानको घेरामा छ ।

न्याय दिलाउने आयोगले काम नगर्दा राज्यकोषको करोडौं स्वाहा: दुई वर्षभित्र काम सक्नुपर्र्ने कार्यादेशसहित गठन भएको भए पनि दुईपटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । चार वर्षमा दुई आयोगले राज्यकोषको ४९ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा २०७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्ममा २७ करोड ७४ लाख ६६ हजार २ सय ९२ रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च भयो तर काम शून्य भयो । बेपत्ता पारिएका परिवारको छानबिन आयोगमा आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म कुल २१ करोड ३१ लाख ५३ हजार ६४ रुपैयाँ खर्च भयो । राजधानी दैनिकबाट