११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँगको भेटवार्ता फलदायी रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल र भारतले विगतका सीमितताभन्दा माथि उठेर विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री मोदीको नेपाल–भारत सम्बन्धबारेको दृष्टिकोणप्रति सहमति जनाउँदै साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज आवागमन र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर दुवै देशबीचको सहकार्यलाई थप मजबुत बनाउन सकिने उल्लेख गरेका छन्।

लामिछानेले नेपाल र भारतबीचको साझेदारी पारस्परिक विश्वास, प्रगति र साझा समृद्धिमा आधारित हुनुपर्नेमा जोड दिँदै रास्वपा दुवै देशका नागरिकको हितका लागि यस्ता सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

उनले नेपाल र भारतबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन विकास, प्रविधि र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।