• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

मेडिकल काउन्सिलको अध्यक्षमा भगवान



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टासम्म बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक बनेका डाक्टर कोइराला मुटु रोग विशेषज्ञ डाक्टर हुन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।

आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे जानकारी दिइएको छैन।