५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओली झन् सक्रिय

अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओली झन् सक्रिय
अ+ अ-

काठमाडौं । मिर्गौलाले नियमित काम गर्न छाडेपछि डायलाइसिस सुरु गरेका प्रधानमन्त्री केपी ओली थप सक्रिय बनेका छन् । दुई दिन ग्रान्डी अस्पतालमा उपचार गराएर बिहीबार साँझ मात्रै निवास फर्किएका उनी शुक्रबारदेखि नै भेटघाटमा व्यस्त बने । शनिबार र आइतबार मन्त्रिपरिषद् र पार्टीका बैठकमा समेत सहभागी भए । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्योे ।

ओलीकै अध्यक्षतामा साँझ बसेको नेकपाको सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगायो । प्रधानमन्त्री ओलीले शनिबार बिहान बसेको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । बैठकमा केहीबेर उम्मेदवार छनोटबारे पनि छलफल भएको थियो । त्यस्तै, शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँग करिब एक घन्टा छलफल गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलसँग पनि उनले छलफल गरेका थिए।

त्यही दिन आफ्नो स्वास्थ्यबारे डा. दिव्या सिंह, अरुण सायमीलगायतको चिकित्सक टोलीसँग पनि परामर्श गरे । ‘उनी एग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा छन् । क्याबिनेटबाट पनि केही नयाँ विकास निर्माणका आयोजना सुरु गर्ने निर्णय गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘परिणाममुखी कामका लागि पछिल्लोपटक उहाँले मन्त्रीहरूलाई पनि गम्भीरतापूर्वक निर्देशन दिनुभएको छ ।’

बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्कँदै गर्दा अस्पताल परिसरमा प्रधानमन्त्री ओलीले मुस्कानसहित आफू ‘फिट एन्ड फाइन’ रहेको बताएका थिए । दुई दिनयता पार्टी र सरकारको बैठकमा कम्तीमा डेढदेखि दुई घन्टासम्म छलफलमा सहभागी भइरहेका छन् ।

‘ताजा जनादेशसहित कम्युनिस्टको नेतृत्वमा नयाँ सरकार बन्न लागिरहेका वेला बिदा हुँदै गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति गर्नु अनुचित मात्र होइन, त्यसबाट जनमतकै उपेक्षा भएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सरकारको पछिल्लो निर्णयबारे प्रतिक्रिया दिँदै भने, ‘यो सरकारले अहिले त्यही गलत निर्णयलाई करिब दुई वर्षपछि सच्याएको हो ।’ नयाँ पत्रिका दैनिकबाट