५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघि गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

सरकारी निर्णयसँगै पोखरेल सशस्त्र प्रहरी बलमा एआईजीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।