११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालय पुगेका छन्। मुख्यालयमा उनको बाजागाजा तथा पुष्पवृष्टिमार्फत भव्य स्वागत गरिएको जनाइएको छ।

भाजपा मुख्यालयमा लामिछानेलाई पार्टीका अध्यक्ष नितिन नवीन सहितका पदाधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा उनले मुख्यालयको अवलोकन गर्नुका साथै भाजपा नेतृत्वसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

भाजपा अध्यक्ष नवीनसँग दुईपक्षीय भेटवार्ता हुने तथा पार्टीका अन्य वरिष्ठ पदाधिकारीहरूसँग पनि भेटघाट तय गरिएको छ। यसैक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर सँग समेत उनको भेटवार्ता हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

भ्रमणलाई थप महत्व दिँदै भाजपा मुख्यालयले लामिछानेको सम्मानमा आज साँझ विशेष रात्रिभोजको समेत आयोजना गरेको बताइएको छ। भारत भ्रमणका क्रममा भएका यी भेटघाटलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र आपसी समझदारीका दृष्टिले चासोका साथ हेरिएको छ।