२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पहिलोपटक पहिचानका माग गर्दै सन्थाल समुदाय सडकमा

पहिलोपटक पहिचानका माग गर्दै सन्थाल समुदाय सडकमा
अ अ+ अ-

झापा । लोपोन्मुख सन्थाल समुदायले नेपाली शब्दकोषमा लेखिएको ‘सतार शब्द’ अबिलम्ब सच्याउन माग राख्दै आज जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रिमोमाला सन्थाली आखडा नेपाल नामक संस्थाले आफूहरू देशको मूलवासी भएको र सन्थाल लेखिनुपर्नेमा सतार लेखेर समुदायमाथि उपेक्षित गरेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई ज्ञापनपत्र बुझाएका हुन् । 

झापा, मोरङ र सुनसरीबाट आएका सयौँ सन्थालहरूले लेखनाथ चोकबाट शान्तिपूर्ण विरोध ¥याली निकालेर ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले “तथ्याङ्क विभागमा सतार÷सन्थाल भएको मान्दैनौँ स्पष्ट सन्थाल मात्र हुनुपर्छ, सोझा सिधा भनेर नढाँट, सन्थाल पहिचान नमेट, आदिवासी सन्थाल जातिको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, स्वास्थ्यमा राज्यको निकायमा पहुँच पु¥याउ, सन्थाल जातिको अधिकार प्राप्तिका लागि अभियान, सतार होइनौँ सन्थाल हाम्रो पहिचान” लगायत नारा लेखिएका प्लेकार्ड बोकर विरोध ¥याली गरेका छन् । 

ज्ञापनपत्रमा नेपाली शब्दकोषमा सन्थालको जात, धर्म, भाषा, संस्कार, संस्कृतिको स्पष्ट उल्लेख हुनुपर्ने, उनीहरुको जातिको नागरिकतामा नाम र थर पछाडि अपहेलित तथा गलत शब्द सतार रहेकोले अविलम्ब हटाई सुधारसहितको नागरिकता प्रदान गर्नेपर्नु, राष्ट्रिय परिचय पत्रमा पनि सन्थाल नै लेखिनु पर्ने लगायतका माग राखेका छन् । 

संस्थाका अध्यक्ष श्यामलाल बेस्राले सतार शब्दको अर्थ नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक नेपाली बृहत् शब्दकोषमा लबस्तरो, लाजपचेको, नकचरो अर्थ लाग्ने लेखिएको हुँदा तत्काल विभिन्न अभिलेखमा लेखिएको हाम्रो समुदायका जात सतारलाई अविलम्ब सच्याएर सन्थाल लेखिनुपर्ने बताउनुभयो । उहाँले तथ्याङ्क विभागको जाति कोड ५२ नम्बरमा सतार÷सन्थाल रहेकाले सन्थालका थरहरु बेस्रा, मर्डी, मुर्मु, हेमरम, सोरने, हास्दा, बास्के, चोणे, पौरिया, किस्कु, टुडु र बेदिया मात्र उल्लेख हुनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सन्थालको पहिचान, अस्तित्व र इतिहास जोगाउन सन्थाल जातिको तोडमोड गरेर लेख तथा अभिलेख गर्नु गरिनु हुँदैन ।” उहाँले केन्द्रीय तथ्याङ विभाग काठमाडौँ शाखा कार्यालय विराटनगरसमेत तत्काल जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना रहनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइसकेको बताउनुभयो । 

उनीहरूले गत मङ्सिरमा विरोध -यालीसहित पहिलोपटक मोरङ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको सन्थला नेत्री सभद्र किस्कुले बताउनुभयो । “पहिला सतारको अर्थ थाहा थिएन, शिक्षाको पहुँचबाट टाढा रहेका हाम्रा बाबुबाजेले अर्थ थाहा पाउनुभएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय पढेलेखेका युवाहरुले खोजी गर्दा यसको अर्थ गलत पायौँ र सच्याउन माग गर्दै आफ्नो पहिचान जोगाउन खोजेका हौँ ।” प्रमुख जिल्ला अधिकारी तिम्सिनाले ज्ञापनपत्र बुझ्दै नेपाल सरकारको कुनै पनि जाति, धर्म, लिङ र सम्प्रदायप्रति भेदभाव गर्ने उद्देश्य नरहेको जानकारी दिँदै तत्काल सम्बन्धित निकायमा सो पत्र पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सन्थाल समुदायमा जिल्लामा पहिलोपटक यसरी आन्दोलित भएको हो । रासस