२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा मुख्यालयमा आज रवि लामिछाने: उच्चस्तरीय राजनीतिक भेटवार्ता



अ+ अ-

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएको छ।

भेटवार्तामा भाजपा अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरू सहभागी हुने जनाइएको छ। छलफल दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने बताइएको छ।

रास्वपाले भ्रमणलाई नेपाल–भारतबीचको आपसी समझदारी, लोकतान्त्रिक अभ्यासको आदानप्रदान र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ। प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।