१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपाको निमन्त्रणामा रवि लामिछाने दिल्ली पुगे



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

सोमबार दिउँसो उनी दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका थिए ।

भाजपाको औपचारिक निमन्त्रणामा लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुगेको जनाइएको छ । भ्रमणका क्रममा द्विपक्षीय राजनीतिक तथा आपसी सम्बन्धसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि भ्रमण दलमा सहभागी छन् ।

यस भ्रमणलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ, जसले नेपाल–भारत राजनीतिक सम्पर्क र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउन सक्ने विश्लेषण गरिएको छ ।