१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपाको निमन्त्रणामा रास्वपा सभापति रवि आज भारत जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैहुनुहुन्छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछानेको पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

भाजपाको विदेश मामिला विभागका प्रमुख विजय चौथाइवालेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतको राजधानी न्यु दिल्लीमा भाजपा अध्यक्ष नीतिन नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ।

लामिछाने सहित रास्वपाको भ्रमण टोली भोली दिउँसो १ बजे भारतका लागि प्रस्थान गर्दै छन् । भ्रमणटोलीमाा सभापति लामिछाने सहित प्रवास विभाग प्रमुख दिपक बोहरा, सहमहामन्त्री विपिनकुमार आचार्य रहने छन् । यस्तै सभापति लामिछानेकी पत्नी निकित पौडेल र स्वकिय सचिव अविनाश आचार्य भ्रमणमा रहने छन् ।