५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

मानव अधिकार आयोग प्रतिवेदन तत्काल कार्यान्वयन र जेन–जी घटनामा निष्पक्ष छानबिन आयोग गठन गर्न सांसद केसी सरकारसँग आग्रह

मानव अधिकार आयोग प्रतिवेदन तत्काल कार्यान्वयन र जेन–जी घटनामा निष्पक्ष छानबिन आयोग गठन गर्न सांसद केसी सरकारसँग आग्रह
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । त्यसैगरी उहाँले जेनजी आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरी सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गतेको घटनालाई बेवास्ता गरेको प्रतिवेदन ल्याएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

नेता केसीले भन्नुभयो,‘२३, २४ को जेन्जी आन्दोलनपछिको गौरी बहादुर कार्कीको जुन प्रतिवेदन छ । त्यो औपचारिक रुपमा प्रकाशित हुन सकेको छैन । त्यो औपचारिक रुपमा प्रकाशित हुनु पर्दछ । र, सांसदका प्रत्येक सदस्यले हातहातमा पाउनुपर्दछ । २४ गतेलाई कार्कीजीको प्रतिवेदनले ब्ल्याकआउट नै गरेको हामीले बुझेका छौँ । २४ गते देशमा जुन  खालको विध्वंशात्मक घटना घटयो । त्यो घटनाको छानविनका लागि निष्पक्ष तत्कालै आयोग बनाउनुपर्दछ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’

नेता केसीले सरकारले जेन–जी आन्दोलनको घटनाको छानविनको विषयलाई गम्भिरतपूर्वक लिनुपर्ने पनि बताउनु भयो ।