११ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटपछि बसेको राष्ट्रियसभा बैठक २० मिनेटका लागि स्थगित, निर्वाचन र मतदाता नामावली विधेयक कार्यसूचीमा



अ+ अ-

काठमाडौँ । एक घण्टा ढिला गरी सुरु भएको राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस भएपछि आज संसद् बैठक बसेको हो ।

आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वलेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ । साथै उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत आजको बैठकको कार्यसूचीमा रहेको छ ।