९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्दै, वार्षिक उत्पादन २७ लाख टनभन्दा बढी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालमा वार्षिक दूध उत्पादन २७ लाख मेट्रिक टन नाघेको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्कअनुसार दूध उत्पादन निरन्तर बढिरहेको भए पनि वृद्धि दर भने सुस्त बन्दै गएको देखिएको छ।

विश्व दूध दिवस २०८३ को अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभर २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशतले मात्र बढी हो।

तथ्याङ्कअनुसार पाँच वर्षअघि २४ लाख ७९ हजार ८९९ मेट्रिक टन रहेको कुल दूध उत्पादन अहिले बढेर २७ लाख मेट्रिक टन नाघेको छ। यद्यपि उत्पादन वृद्धिदर क्रमशः घट्दो क्रममा देखिएको छ।

दुग्ध क्षेत्रमा अहिले करिब ३ लाख ८० हजार परिवार प्रत्यक्ष रूपमा संलग्न रहेको राष्ट्रिय दुग्ध विकास बोर्डको भनाइ छ। गाई तथा भैंसी पालन, दूध संकलन, प्रशोधन, ढुवानी तथा बिक्री वितरणमार्फत लाखौं मानिसको रोजगारी यस क्षेत्रसँग जोडिएको छ।

नेपालमा उत्पादित कुल दूधमध्ये ठूलो हिस्सा अझै अनौपचारिक बजारमै कारोबार हुने गरेको देखिएको छ। बोर्डका अनुसार कुल उत्पादनमध्ये करिब १५ प्रतिशत दूध मात्र औपचारिक रूपमा उद्योगमार्फत संकलन हुन्छ भने ठूलो हिस्सा स्थानीय तथा अनौपचारिक बजारमार्फत बिक्री हुने गरेको अनुमान छ।

दूध उत्पादनतर्फ हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा गाईबाट १३ लाख २ हजार ९४ मेट्रिक टन तथा भैंसीबाट १४ लाख १६ हजार ८३ मेट्रिक टन दूध उत्पादन भएको छ। प्रतिवेत गाईबाट वार्षिक १२३३ लिटर र भैंसीबाट १४६६ लिटर दूध उत्पादन भएको तथ्याङ्कले देखाएको छ।

दुग्ध क्षेत्रले नेपालको ग्रामीण अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। बोर्डका अनुसार शहरबाट वार्षिक करिब २८ अर्ब रुपैयाँ ग्रामीण क्षेत्रमा प्रवाह गराउने माध्यमका रूपमा दुग्ध व्यवसाय स्थापित भएको छ। नियमित नगद आम्दानी दिने भएकाले यसलाई ‘दैनिक रोजगारी दिने कृषि उद्योग’ को रूपमा समेत हेरिन्छ।

दुग्ध प्रशोधन उद्योगहरूमा पनि विस्तार भइरहेको छ। हाल देशभर ९ वटा धुलो दूध उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगहरूले २०८२ सालमा झण्डै ५ करोड लिटर दूध प्रशोधन गरी करिब ४ हजार १५० मेट्रिक टन धुलो दूध उत्पादन गरेका छन्।

आयात–निर्याततर्फ भने सकारात्मक संकेत देखिएको छ। पछिल्ला चार वर्षको तथ्याङ्कअनुसार दूध तथा दुग्ध पदार्थको निर्यात करिब ७१ प्रतिशतले बढेको बोर्डको दाबी छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित विश्व दूध दिवस सप्ताहव्यापी कार्यक्रममार्फत मनाउने जनाएको छ। दूधको पोषण महत्व, किसान सम्मान, उपभोग वृद्धि तथा दुग्ध क्षेत्रको आर्थिक योगदानबारे जनचेतना फैलाउने उद्देश्यसहित विभिन्न कार्यक्रम आयोजना गरिने बोर्डले जनाएको छ।