२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै
अ अ+ अ-

कञ्चनपुर । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ । 

नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको जागरुक समाजसँग समन्वय गर्दै आउनुभएका भीमराज अवस्थीले बताउनुभयो ।

स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ । भौतिक पूर्वाधार निर्माणका कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ । नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो ।

“एकान्तमा रम्न चाहनेका लागि यो क्षेत्र गन्तव्यका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रको मनोरम दृश्यावलोकनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकनकर्ताका लागि सहज हुनेछ ।” पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने उहाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्रमा वडाकै लगानीमा युवालाई अनुदान रकम उपलब्ध गराएर नास्ता पसल सञ्चालनका लागि प्रोत्साहन गरिने उल्लेख गर्दै उहाँले यसका लागिसमेत भौतिक पूर्वाधार निर्माण हुने बताउनुभयो । पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ ।