५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड
अ+ अ-

काठमाडौं  । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले ढुवानी क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली, भार नियन्त्रण र कर प्रणाली सुधार अपरिहार्य रहेको बताएका छन्।

सेती महाकाली ट्रक यातायात व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले सडक सुरक्षा, ओभरलोड नियन्त्रण, सामाजिक सुरक्षा तथा व्यवसायिक एकतामा जोड दिएका हुन्।

उनले अत्यधिक भारवहनकै कारण सडक र पुलहरू क्षतिग्रस्त भइरहेको उल्लेख गर्दै भार नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। महासंघले प्रधानमन्त्री कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत निकायसँग छलफल गरी धर्मकाँटाहरू डिजिटलाइजेसन गर्ने अभियान अघि बढाएको जानकारी पनि दिए।

उनका अनुसार लम्की, रामनगर लगायत स्थानका धर्मकाँटाहरू डिजिटल भइसकेका छन् भने आगामी दिनमा सवारी साधन काँटामा चढ्नेबित्तिकै मोबाइलमा भारको सूचना आउने व्यवस्था गरिनेछ। यसले ट्राफिक प्रहरी, यातायात विभाग र व्यवसायी सबैलाई अनुगमन तथा नियमनमा सहज हुने उनको भनाइ थियो।

महासंघ अध्यक्ष बानियाँले ढुवानी क्षेत्रमा भ्याट प्रणालीबारे पनि स्पष्ट धारणा राख्दै व्यवसायीहरूलाई भ्याटमा दर्ता भई औपचारिक कारोबार गर्न आग्रह गरे। अहिले व्यवसायीले तिर्नुपर्ने कर तथा भ्याटको लाभ उद्योगी–व्यापारीले लिइरहेको भन्दै उनले ‘रिभर्स भ्याट’ प्रणालीमार्फत व्यवसायीले नै लाभ लिनुपर्ने बताए।

“एक सवारी साधनबाट वार्षिक ३०–४० हजार रुपैयाँसम्म रिभर्स भ्याटबाट फिर्ता लिन सकिन्छ, त्यसैले व्यवसायीहरू अब औपचारिक अर्थतन्त्रमा आउनुपर्छ,” उनले भने।

दुर्घटना न्यूनीकरणका लागि सामाजिक सुरक्षा कोषमा

चालक तथा मजदुरलाई अनिवार्य रूपमा सूचीकृत गर्नुपर्नेमा उनले विशेष जोड दिए। सामाजिक सुरक्षा कोषमा आबद्ध नगरिएका कर्मचारी दुर्घटना वा मृत्यु भएमा व्यवसायीले दीर्घकालीन आर्थिक भार व्यहोर्नुपर्ने उदाहरण प्रस्तुत गर्दै उनले सबै व्यवसायीलाई सचेत गराए।

उनले ठूला सवारी साधनमाथि सधैं दोष थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै दुर्घटनामा ‘गल्ती पहिचान’ को आधारमा कारबाही हुनुपर्ने धारणा राखे।

कार्यक्रममा उनले व्यवसायीबीचको एकतालाई पनि आवश्यक ठहर गर्दै मालवाहक र यात्रुवाहक क्षेत्रबीच सहकार्य कायम राख्दै साझा मुद्दामा एकजुट हुनुपर्ने बताए।

बजेट तथा नीतिगत सुधारका विषयमा बोल्दै उनले राहतजन्य कोष, सदस्य शुल्क तथा दुर्घटना राहतमा लगाइने कर पुनरावलोकन गर्न सरकारसँग माग गरिएको जानकारी दिए। साथै दुर्घटना क्षतिपूर्ति तथा बीमा नीतिमा सुधारका लागि सम्बन्धित निकायसँग छलफल जारी रहेको पनि बताए।

उनले ढुवानी क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायी, मजदुर, सरकार र नियामक निकायबीच सहकार्य भए मात्र सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माण सम्भव हुने बताए।