७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासत छल्न जुवाडेहरू अस्पतालका सैयामा, २५ मध्ये ८ जुवाडे अस्पतालमा



अ+ अ-

काठमाडौं । दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

‘कोही प्रेसर त कोही मुटुको रोगी भन्दै अस्पताल भर्ना भइरहेका छन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक प्रहरी अधिकारीले भने, ‘चिकित्सकले नै भर्ना गर्ने निर्णय गरेपछि हामीले रोक्न सक्ने अवस्था भएन ।’ तर, हिरासत छल्नकै लागि उनीहरू त्यसरी अस्पतालमा भर्ना भएको स्रोत बताउँछ । उनीहरू अस्पतालमा क्याबिनमा बसेका छन् ।

अस्पताल भर्ना भएका पवित्रकुमार नेपाल विमान सञ्चालक संघका पूर्वअध्यक्ष हुन् । त्यस्तै, श्रवणकुमार सनराइज बैंकका पूर्वसञ्चालक हुन् । इन्द्रबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ दोलखाका पूर्वअध्यक्ष हुन् ।

१७ जना प्रहरी हिरासतमै
पक्राउ परेका अन्य १७ जना भने महाराजगन्ज हिरासतमै छन् । खुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, सोभित सिलवाल, गेल्जे लामा, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुली प्रहरी हिरासतमै छन् ।

पक्राउ परेका सबैको प्रहरीले बयान लिइसकेको छ । तर, मुद्दा दायर प्रक्रिया भने अघि बाइएको छैन । आइतबार मात्र उनीहरूलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामा राख्न म्याद दिएको थियो । उनीहरूसँग ठूलो परिमाणमा नगद भेटिएको र त्यसको स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन थालेको छ । गत ९ कात्तिकमा प्रहरीले महाराजगन्जस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट