५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

हिरासत छल्न जुवाडेहरू अस्पतालका सैयामा, २५ मध्ये ८ जुवाडे अस्पतालमा

हिरासत छल्न जुवाडेहरू अस्पतालका सैयामा, २५ मध्ये ८ जुवाडे अस्पतालमा
अ+ अ-

काठमाडौं । दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

‘कोही प्रेसर त कोही मुटुको रोगी भन्दै अस्पताल भर्ना भइरहेका छन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक प्रहरी अधिकारीले भने, ‘चिकित्सकले नै भर्ना गर्ने निर्णय गरेपछि हामीले रोक्न सक्ने अवस्था भएन ।’ तर, हिरासत छल्नकै लागि उनीहरू त्यसरी अस्पतालमा भर्ना भएको स्रोत बताउँछ । उनीहरू अस्पतालमा क्याबिनमा बसेका छन् ।

अस्पताल भर्ना भएका पवित्रकुमार नेपाल विमान सञ्चालक संघका पूर्वअध्यक्ष हुन् । त्यस्तै, श्रवणकुमार सनराइज बैंकका पूर्वसञ्चालक हुन् । इन्द्रबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ दोलखाका पूर्वअध्यक्ष हुन् ।

१७ जना प्रहरी हिरासतमै
पक्राउ परेका अन्य १७ जना भने महाराजगन्ज हिरासतमै छन् । खुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, सोभित सिलवाल, गेल्जे लामा, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुली प्रहरी हिरासतमै छन् ।

पक्राउ परेका सबैको प्रहरीले बयान लिइसकेको छ । तर, मुद्दा दायर प्रक्रिया भने अघि बाइएको छैन । आइतबार मात्र उनीहरूलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामा राख्न म्याद दिएको थियो । उनीहरूसँग ठूलो परिमाणमा नगद भेटिएको र त्यसको स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन थालेको छ । गत ९ कात्तिकमा प्रहरीले महाराजगन्जस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट