५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

कालापानी-लिपुलेक भारतको नयाँ नक्सामा

कालापानी-लिपुलेक भारतको नयाँ नक्सामा
अ+ अ-

काठमाडौं । भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो। भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो।

भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ। पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ। यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन। भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ।

महानिर्देशक प्रकाश जोशीले यस विषयमा विभागले अध्ययन गर्ने बताउँदै कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको बताए। उनले भारतले नक्सामा पुरानै विषयलाई दोहोह्याएको बताए । सुगौली सन्धिमा लिम्पियाधुरा समेत नेपालीमा छ। नेपालकै आधिकारिक नक्सामा समेत लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ।

महानिर्देशक जोशीले नेपालको आधिकारी नक्सामा लिपुलेक, कालापानी र सुस्ता समेटिएको बताए। ‘हाम्रो नक्सामा देखाउनु पर्ने कुरा छोडेका छैनौं,’ उनले भने,‘ भारतले पुरानै कुरालाई दोह्याएको छ। गत फागुनमा नेपाल नक्सामा कालापानी र लिपुलेकसमेत गायब भएको समाचार लगातार प्रकाशित गरेपछि नापी विभागले कालापानी र लिपुलेकलाई समेटेर आधिकारिक नक्सा प्रकाशन गरेको थियो।

काली नदीसम्‍म नेपालको भूभाग भएको सन् १८१६ मा भएको सुगौली सन्धिमा उल्लेख छ। सन्धि अनुसार तत्कालीन राजाले काली नदीपारी नेपालले दाबी नगर्ने बताएका थिए । अहिले लिपुखोलाको पश्चिमको भूभाग मात्रै नेपालको नक्सामा समेटिएको छ। भारतले जारी गरेको नक्सा सुगौली सन्धि विपरित छ। उसले जारी गरेको नक्सामा काली नदीपूर्वको केही क्षेत्रसमेत भारतमा पारेको छ।

नापी विभागका पूर्वमहानिर्देशक गणेशप्रसाद भट्ट आफ्नो कार्यकालमा आधिकारिक नक्सा प्रयोग गर्न सुचित गराउने काम गरेको बताए। ‘गलत नक्सा प्रयोग भएको धेरै भेटियो,’ उनले भने, ‘त्यसैले मेरा पालामा नापी विभागले नै प्रकाशन गरेको नक्सा प्रयाग गर्न अभियान चालेका हौं।’ अन्नपुर्णपोष्ट दैनिकबाट