१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

मन्त्री आलेद्वारा डोटीका बिरामीको उपचारका लागि सहयोग

मन्त्री आलेद्वारा डोटीका बिरामीको उपचारका लागि सहयोग
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । 

उहाँले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गर्नुभएको छ ।

यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनुभएकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भई उहाँको उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट रु १५ हजार प्रदान गर्नुभएको हो । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुग्नुभएका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिनु भएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री आलेले हालसम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजारभन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सक्नुभएको उहाँका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिनुभयो ।