६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ मा कांग्रेसबाट पौडेललाई उठाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ मा स्थानीय नेता खेमराज पौडेललाई उठाउने तयारी गरेको छ। चर्चामा रहेका केन्द्रीय सदस्य धनराज गुरूङ पछि हटेपछि पौडेललाई उठाउने तयारीमा कांग्रेस पुगेको हो।

सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठक स्थलबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बाहिरिदा उम्मेदवार छान्न ढिलाइ भएपछि सभापति देउवालाई नै जिम्मेवारी दिएको छ।

देउवाले नै धनराज बाहिरिएपछि खेमराजलाई उम्मेदवार बनाउने बैठकमा प्रस्ताव राखेका थिए। ‘खेमराज पौडेललाई उम्मेदवार बनाउने कुरा भएको छ। निर्णय भइसकेको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

टिकट दौडमा देवराज चालिसे र कृष्ण कार्कीको नाम पनि चर्चामा थियो।