• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्छ : मन्त्री अर्याल



सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । अहिलेको निर्वाचन प्रणालीले महिलालाई प्रतिस्पर्धामा जान समस्या बनाएकोले यसमा पुनःविचार गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारिका समूहले आज वीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिज्ञसँगको छलफल कार्यक्रममा मन्त्री अर्यालले भन्नुभयो, “साम, दाम, दण्ड, भेद प्रयोग गरेर मात्र चुनाव जित्ने परिपाटी हावी भएको छ ।”

मन्त्री अर्यालले निर्वाचनसँग जोडिएको निर्वाचन प्रणालीको विषयमा बहस गर्न जरुरी रहेको बताउनुभयो । निर्वाचनमा सबैको समान प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ भन्दै मन्त्री अर्यालले यसको प्रणालीलाई पुनःविचार गरेर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।

महिला आन्दोलनका कारण ल्याएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । “हामीले आफ्नो पदमा बसेर काम गर्न सकेनांँ भने भावी पुस्ताले पत्याउँदैनन्”, उहाँले भन्नुभयो, “त्यसैले महिलाको सक्षमतालाई हामीले उजागर गरेर देखाउनुपर्छ ।”

कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले निर्वाचन प्रर्णालीलाई हेरफेर गर्नुपर्नेमा जोड दिनुभयो । महिला दोहोरो जिम्मेवारीका कारण पुरुष समान निर्वाचनमा होमिन असहज भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली संसद्मा महिलाको अर्थपूर्ण सहभागिता रहेको उल्लेख गर्नुभयो । उहाँले यसका लागि महिला सांसद एकढिक्का भएर अघि बढेको औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समूहका निर्वतमान अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियो ।