३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्छ : मन्त्री अर्याल



अ+ अ-

सुर्खेत । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । अहिलेको निर्वाचन प्रणालीले महिलालाई प्रतिस्पर्धामा जान समस्या बनाएकोले यसमा पुनःविचार गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारिका समूहले आज वीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिज्ञसँगको छलफल कार्यक्रममा मन्त्री अर्यालले भन्नुभयो, “साम, दाम, दण्ड, भेद प्रयोग गरेर मात्र चुनाव जित्ने परिपाटी हावी भएको छ ।”

मन्त्री अर्यालले निर्वाचनसँग जोडिएको निर्वाचन प्रणालीको विषयमा बहस गर्न जरुरी रहेको बताउनुभयो । निर्वाचनमा सबैको समान प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ भन्दै मन्त्री अर्यालले यसको प्रणालीलाई पुनःविचार गरेर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो ।

महिला आन्दोलनका कारण ल्याएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । “हामीले आफ्नो पदमा बसेर काम गर्न सकेनांँ भने भावी पुस्ताले पत्याउँदैनन्”, उहाँले भन्नुभयो, “त्यसैले महिलाको सक्षमतालाई हामीले उजागर गरेर देखाउनुपर्छ ।”

कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले निर्वाचन प्रर्णालीलाई हेरफेर गर्नुपर्नेमा जोड दिनुभयो । महिला दोहोरो जिम्मेवारीका कारण पुरुष समान निर्वाचनमा होमिन असहज भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली संसद्मा महिलाको अर्थपूर्ण सहभागिता रहेको उल्लेख गर्नुभयो । उहाँले यसका लागि महिला सांसद एकढिक्का भएर अघि बढेको औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समूहका निर्वतमान अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियो ।




भर्खरै