१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका तराई र पहाडी क्षेत्रमा आज राति तीव्र हावाहुरीको सम्भावना, असिनापानीको चेतावनी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) राति देशभरका तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ।

विभागका अनुसार हुरीसँगै केही स्थानमा असिनापानी पर्ने सम्भावनासमेत देखिएको छ। सम्भावित जोखिमका आधारमा विभागले विभिन्न क्षेत्रलाई फरक–फरक रङमा वर्गीकरण गर्दै चेतावनी नक्सा सार्वजनिक गरेको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, “आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसँगै कतिपय स्थानमा असिनापानी पनि पर्न सक्छ।”

नक्सामा सुन्तला रङले चिन्हित तराई क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ भने पहेँलो रङले देखाइएका पहाडी क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिँदै आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।