११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

युक्रेन युद्धको ड्रोन प्रभाव रोमानियासम्म, आवासीय भवनमा खस्दा दुई घाइते; नाटोसँग एन्टी–ड्रोन सुरक्षा माग

युक्रेन युद्धको ड्रोन प्रभाव रोमानियासम्म, आवासीय भवनमा खस्दा दुई घाइते; नाटोसँग एन्टी–ड्रोन सुरक्षा माग
Russia Ukraine
अ अ+ अ-

काठमाडाैँ । युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो । त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो । घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ । घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य निकाय तत्काल परिचालित भएका थिए ।

रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो । घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको छ । मन्त्रालयले नाटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी–ड्रोन प्रणालीको तीव्र आपूर्तिको मागसमेत गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घटनाले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ देखाएको टिप्पणी गर्नुभएको छ । उहाँले युरोपेली भूभागको घना बस्ती भएको क्षेत्रमा रुसी ड्रोन खस्दा सर्वसाधारण घाइते भएको उल्लेख गर्दै युरोपेली सङ्घ (इयु) ले पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिनुभयो ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देशलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामाथि दबाब बढाइरहेको बताउनुभएको छ । स्विडेन भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिँदा युक्रेनका लागि आवश्यक आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै सुरक्षा परिषदलाई सचेत गराउनुभयो । उहाँका अनुसार यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ । उहाँले तत्काल तनाव घटाउने, कूटनीतिक प्रयास बढाउने तथा पूर्ण र बिना शर्त युद्धविराम लागू गर्न आह्वान गर्नुभएको छ ।