२२ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकताः सभापति चौधरी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।

शुक्रवार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई परम्परागत पेशाका रूपमा नभई सम्मानित, आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको समेत बताउनु भयो ।

उहाँले नेपालको भौगोलिक विविधताले कृषि क्षेत्रमा अपार सम्भावना सिर्जना गरेको उल्लेख गर्दै आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताले हामीलाई कृषि क्षेत्रमा अपार सम्भावना दिएको छ । आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी बनाउन सक्यौँ भने नेपाल आत्मनिर्भर मात्रै होइन कृषि निर्यात गर्नसक्ने राष्ट्र हुनसक्छ । यसको लागि हामी पनि लागिपरेका छौँ भन्ने कुरा म राख्न चाहान्छु । सरकारले कृषिलाई परम्परागत पेशाको रुपमा मात्र नभई सम्मानित, आधुनिक र व्यवसायिक पेसाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । अब युवाहरुलाई विदेश पलायन हुने अवस्थाको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्नको लागि र उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा पनि जानकारी गराउन चाहान्छु । किसानलाई अनुदानको लाइनमा होइन उत्पादनमा पनि आधारित सम्मान गर्ने राज्यको नीति रहेको छ ।’

उहाँले किसानलाई केवल अनुदानमा सिमित नराखी उत्पादनका आधारमा सम्मान गर्ने राज्यको नीति रहेको पनि बताउनु भयो ।