१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री कँडेल



अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले नेपाली जनता सार्वभौम बनेको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय घटनाकारुपमा यस दिनलाई लिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले सन्देशमा भन्नुभएको छ, “संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।”