११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक हाेः मन्त्री पाैडेल

सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक हाेः मन्त्री पाैडेल
अ अ+ अ-

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताउनुभएको छ ।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो,“संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्व रहेकोछ । हिमाल आरोहण गर्नु भनेको आफ्नै श्वासप्रश्वास गन्नु र ध्यान मग्न हुनु पनि हो ।” कीर्तिमानी आरोही कामीरिता शेर्पा, लाक्पा शेर्पा र मिङ्मा शेर्पालगायतका साहसिक कदमको प्रशंसा गर्दै उहाँले भन्नुभयो “कामीरिताको सगरमाथा आरोहणको रेकर्ड सम्पूर्ण मानवताकै लागि गौरवको विषय हो ।”

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने मन्त्री पौडेलले बताउनुभयो । जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ पग्लिँदै जाँदा हिमताल नै जोखिम पर्न गई तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको उल्लेख गर्दै उहाँले हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै समुदायकै दायित्व भएकोे बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटनसम्बन्धी ऐनको समयानुकूल परिमार्जनले पर्वतारोहण क्षेत्रका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले नेपालका हिमाल अरोहणमा विदेशीको मोह बढ्दै गएपछि उनीहरुको समन्वय र सहजीकरणमा विशेष ध्यान दिइएको बताउनुभयो । हाल नेपालको पर्वतीय पर्यटन खुम्बु, अन्नपूर्ण र कञ्चनजङ्गा क्षेत्रमा मात्र केन्द्रित रहेकाले आगामी दिनमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा समेत विकास र विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

यस वर्ष सगरमाथा आरोहणका लागि मात्र ४९६ जनाले अनुमति लिएकामा त्यसबाट राज्यले राजस्व मात्र प्राप्त गरेको नभई देशको अर्थतन्त्र, कूटनीति र सामाजिक विकासमा योगदान पु¥याइरहेको बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर ग्याल्जे शेर्पाले देशको पहिचान र नीतिकारुपमा रहेका हिमालको संरक्षण गर्ने दायित्व हामी सबैको भएको बताउनुभयो ।

आरोहीलाई सम्मान

कार्यक्रममा विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने आरोहीलाई सम्मान गरियो । त्यसअवसरमा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा आरोहण पुरस्कार ३१ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही पासाङ दावा शेर्पालाई तथा रु ५० हजार राशिको तेिञ्जन हिलारी पुरस्कार हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई प्रदान गरियो । आरोही तेञ्जीङ डेभिड शेर्पालाई रु ५० हजार राशिको तेञ्जिङ हिलारी कीर्तिमानी पुरस्कार प्रदान गरिएको छ ।

एकै मनसुनमा तीनपटक सगरमाथा आरोहण गरी कीर्तिमान राख्ने आरोही पूर्णिमा श्रेष्ठलाई रु ५० हजार नगदसहित सम्मान गरियो । हिमालको अध्ययन र अनुसन्धान गर्ने प्राडा विशाल अधिकारीलाई रु ५० हजार नगदसहित सम्मान गरिएको छ ।

‘सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ आज मे २९ मा देश तथा विदेशमा ७३ औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आइएको हो ।