• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

प्रधानमन्त्रीको स्वास्थ्य: छातीमा पानीको मात्रा सुकेको हुनाले तत्काल डायलाइसिस गर्न नपर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ । छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरूले बताएका छन् । ‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्, ‘बीच–बीचमा स्वास्थ्य परीक्षण गरिन्छ, त्यतिवेला समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ ।’

निजी चिकित्सकहरू डा.सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको स्रोतले जनायो । ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरेका छन् । गत साउन र भदौमा सिंगापुरको सो अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो ।

नियमित डायलाइसिस गर्नुपर्ने अवस्था छैन: डा.दिव्या सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक: पछिल्लोपटक मनमोहन कार्डियो थोरासिक सेन्टरमा प्रधानमन्त्रीको छातीको एक्सरे गरियो । रिपोर्ट राम्रो आएको छ । फोक्सोमा पानी अस्ति बढी जमेको थियो, अहिले ठीक छ । स्वास्थ्यमा सुधार देखिएकाले तत्काल दोस्रो डायलाइसिस गर्नुपर्ने आवश्यकता देखिएको छैन । लगातार डायलाइसिस गर्ने अवस्थामा प्रधानमन्त्री पुग्नुभएको छैन । बीच–बीचमा उहाँको स्वास्थ्य परीक्षण गरिन्छ । केही समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ ।

बालुवाटारबाटै नियमित काम:स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएपछि प्रधानमन्त्री बालुवाटारमा आरामसँगसँगै नियमित काममा पनि सक्रिय हुन थालेका छन् । बालुवाटार फर्किएको भोलिपल्ट (शुक्रबार) देखि नै भेटघाट सुरु गरेका थिए । पहिलो दिन उनले अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेताहरूसँग छलफल गरेका थिए ।

शनिबार र आइतबार सरकार र पार्टीका बैठक डाकेर महत्वपूर्ण निर्णय नै गराए । सोमबार बालुवाटारमै सचिवालय बैठकमा सहभागी भएका उनी मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा प्रदेश प्रमुखहरूको शपथग्रहणमा सहभागी थिए । बुधबार बालुवाटारमै मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।

मन्त्री र मुख्यसचिव लोकदर्शन रेग्मीलगायतलाई पनि बालुवाटारमै भेटघाट गरेर निर्देशन दिँदै आएको प्रधानमन्त्रीको सचिवालयले जनायो । ‘आवश्यकताअनुसार मन्त्री र मुख्यसचिवलाई निर्देशन पनि दिइरहनुभएको छ,’ प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । नयाँ पत्रिका दैनिकबाट